तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्याण्ड्सविरुद्ध नेपाल एक सय ७२ रनमा अलआउट

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल  एक सय ७२ रनमा अलआउट भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै  करण केसीले २६ रन बनाउँदा  आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच  रन बनाए । 

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन  विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button