तपाईँ सुन्दै हुनुहुन्छः

खर कटानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज भोलि र पर्सि खुल्ला गरिने

बाँके । खर खडाइ कटानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज दुई दिनका लागि खुल्ला हुने भएको छ।

प्रत्येक वर्षझैँ यस बर्षपनि यही फागुन ११ र १२ गते दुई दिन बर्दिया राष्ट्रिय निकुञ्जको खर खडाई कटानको लागि मध्यवर्ती क्षेत्रका जनतालाई निकुञ्ज क्षेत्र खुल्ला गरिने भएको हो।

खर खडाइका लागि दुई दिनसम्म निकुञ्जले तोकेका अठार स्थानका विभिन्न नाकाबाट निकुञ्ज प्रवेश गर्न पाइनेछ । करिब बिस हजार व्यक्तिहरूले एकै पटक खर खडाइका लागि निकुञ्ज प्रवेश गर्ने निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनु भएको छ।

बाघ हात्ती र गैँडा लगायतका वन्यजन्तुबाट हुनसक्ने घटना रोकथामका लागि निकुञ्ज प्रशासन,नेपाली सेना, स्थानीय उपभोक्ता समिति र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरू परिचालित गरि सुरक्षाको व्यवस्थापन मिलाइने निकुञ्ज प्रशासनले जानकारी दिएको छ।

बिहान सात बजेदेखि साझ ५ बजेसम्म निकुञ्ज खुल्ला रहनेछ ।निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको आवश्यकतालाई मध्यनजर गरि प्रत्येक बर्ष केही दिनका लागि निकुञ्ज खुल्ला गर्ने गरिएको छ।

निकुञ्ज खुलेपछि स्थानीय बासिले वर्षभरिका लागि घर गोठ छाउन आवश्यक खर खडाई, सोठा र बाबियो लगायतका बन पैदावरहरु निकुञ्जबाट काटेर घरमा ल्याउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button