तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सातौँ केन्द्रीय कमिटीको बैठक आज तेस्रो दिन पनि सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरू प्रस्तुत हुने  नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

समूहबाट आएका सुझावहरू समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने एमालेले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button