तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार मन्त्रीसँगै भ्रष्टाचारमा नाम आएका मन्त्रीहरूलाई हटाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरूले भ्रष्टाचार लगायतका विभिन्न काण्डहरूमा सरकारका मन्त्रीहरू मुछिएको भन्दै राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरु रघुजी पन्त, विराज भक्त श्रेष्ठ र ज्ञानेन्द्रबहादुर शाहीले बालकुमारी घटनामा दोषी, भ्रष्टाचारमा नाम आएका व्यक्तिहरू मन्त्री पदमा बसिरहेको भन्दै राजीनामा माग गर्नु भएको हो ।

सांसदहरुले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीलाई पदबाट हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतका दलका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसदहरुले शुन्य समय, आकस्मिक र विशेष समयमा उठाएका विषयहरूमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button