मातृभाषा सङ्ग्रहालय खोलिने
काठमाडौँ । सरकारले भाषा सङ्ग्रहालय स्थापनाका लागि अध्ययन समिति गठन गर्ने तयारी गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भाषा आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सरकारले छिट्टै नै नेपालमा बोलिने विभिन्न भाषाभाषीको सङ्ग्रहालय स्थापना गर्न लागेको बताउनुभयो ।

नेपालमा भाषा पर्यटनको समेत सम्भावना रहेको बताउँदै मन्त्री किराँतीले उत्पादन र व्यापार व्यवसायमा समेत भाषाले ठूलो प्रभाव पार्न सक्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री किराँतीले परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरू सक्रिय हुन थालेको देखिएकाले त्यसविरुद्ध अग्रगामी र प्रगतिशील विचार बोक्नेहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले मातृभाषामा पठनपाठन गर्दा शिक्षामा गुणस्तर वृद्धि हुने बताउनुभयो ।
त्यसैगरी भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले आयोगले लोपोन्मुख भाषाका वक्तालाई संरक्षण गर्न आयोग लागि परेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्