तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरेर ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध २९ लाख १२ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध २९ लाख १२ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारु, वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button