तपाईँ सुन्दै हुनुहुन्छः

उपसभापति खड्काद्वारा नीति प्रस्ताव पेश 

उपसभापति खड्का महासमिति वैठकमा नीति प्रस्ताव प्रस्तुत गर्नुहुँदै

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको  बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्नुभएको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो ।

जिम्मेवार नेपाली कांग्रेसः समुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।” उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button