तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले लोकतन्त्रको स्थायित्व र सबलीकरणको नेतृत्व गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मङ्गलबार जारी नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले ठूलो दलका हैसियतले काँग्रेसले लोकतन्त्रको स्थायित्व र सबलीकरणको नेतृत्व गर्नु पर्ने बताउनुभएको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  जारी पार्टीको महासमिति बैठकमा  ६५ पृष्ठ लामो नीति प्रस्तावमा प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले ठूलो दलका हैसियतले सबै राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई साथमा लिएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उपसभापति पूर्णबहादुर खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि संकट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गर्दै परिस्थितिलाई सम्हाल्दै आएको बताएको उल्लेख गर्नुभयो । 

उपसभापति खड्काले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको बताउनुभयो ।

उपसभापति खड्काले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली काँग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button