तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्वाधार निर्माण दीर्घकालीन सोचको आधारमा गरिनुपर्छ’

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सडक सहितका अन्य पूर्वाधारको निर्माण गर्दा दीर्घकालीन सोचको आधारमा गरिनुपर्ने धारणा राख्नुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले समाजवादी इन्जिनियरिङ एशोसिएशन मधेश प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको “मधेश प्रदेश अन्तर्गतका सडक सञ्जाल तथा सुरक्षा” सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको भविष्य निर्माणका लागि मुलुकको विकास निर्माण सहितका विषयमा शीर्ष नेताहरुबीच स्पष्ट दृष्टिकोण सहितको ब्लुप्रीन्ट आउनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

नेपालले सडक सुरक्षाका विषयमा सानो कक्षादेखि नै विद्यार्थीहरूलाई शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य किसान श्रेष्ठले राजनीतिक नेतृत्वमा दृढ इच्छा शक्ति भएको खण्डमा जस्तोसुकै काम गर्न सकिन्छ भन्दै हुलाकी राजमार्गको निर्माणमा ढिलाइ हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

प्राध्यापक डा. भोगेन्द्र झाले सडक पूर्वाधारको निर्माण गर्दा त्यसले आर्थिक तथा सामाजिक रुपमा पार्ने प्रभावको विषयमा वृहद छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष पदम बहादुर शाहीले वर्षेनी रुपमा पच्चिस देखि ३ हजार मान्छेको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको जानकारी दिँदै सडक निर्माण गर्दा सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा यातायात मन्त्रालयको एशियाली विकास बैङ्कको आयोजना हेर्ने शाखाका निर्देशक चुडा श्रेष्ठले समयमा सडक तथा पुलको काम नगर्ने धेरै निर्माण कम्पनी र व्यवसायीहरू कालो सूचिमा परेको बताउँदै मधेश प्रदेशको हुलाकी सडकको काम चाडै सकिने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button