तपाईँ सुन्दै हुनुहुन्छः

सुदृढ र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

फाइल तस्वीर

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ३२ औँ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन गरेको छ । 

राष्ट्रिय सभागृह काठमाडौँमा आज आयोजित एक समारोहकाबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन समारोहमा पूर्व राष्ट्रपति भण्डारीले इन्सेकले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र मानवअधिकारका मूल्य मान्यताहरूलाई सुदृढ बनाउने कार्यमा महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक स्थिरता, सुशासन र सबल अर्थतन्त्र बिना जनताका नैसर्गिक मानव अधिकारहरू व्यवहारमा कार्यान्वयन हुन नसक्ने भन्नुहुँदै सुदृढ र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलेले मानव अधिकार सरकारको प्राथमिकता रहेँ पनि सामाजिक कुरीति, हिंसा र दण्डहीनताको अवस्था चिन्ताजनक र चुनौतीपूर्ण रहेको बताउनुभयो ।

पूर्व मन्त्री पौडेलले कानुन र राष्ट्रिय कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्नसके मानवअधिकार विरुद्धका घटनाहरू न्युनिकरण हुने बताउनुभयो ।

यस वर्षको नेपाल मानव अधिकार वर्ष पुस्तकमा ९ हजार ३ सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू समावेश गरिएको कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालको अध्यक्षतामा भएको सो समारोहमा प्रकाश मानवअधिकार पुरस्कारबाट डा.गौरीशंकरलाल दास र प्रदेशगत उत्कृष्ट इन्सेक प्रतिनिधिलाई सम्मान समेत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button