तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समितिमा नेपाल विश्वविद्यालय आवश्यकता सम्बन्धमा विज्ञहरुसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालयलाई अरू विश्वविद्यालयभन्दा कसरी अलग बनाउने भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको छ ।  

समितिको बैठकमा शिक्षा विद् डा.चैतन्य मिश्र, कानून विज्ञ माधव पौडेललगायतले  हाल भइरहेका विश्वविद्यालयभन्दा नयाँ विषय पठनपाठन हुने गरी नेपाल विश्वविद्यालय स्थापना गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

बैठकमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्की, डा.अमिना सिंह र डा.विपिन अधिकारीले नेपाल विश्वविद्यालय संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि सरकारको स्वामित्वमा नभई स्वायत्त हुनुपर्ने बताउनुभयो । 

सांसदहरु रघुजी पन्त, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, बद्री पाण्डे, प्रेम सुवाललगायतले विश्वविद्यालय स्वायत्तताको मोडल स्पष्ट गरी विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने गरी कानूनी व्यवस्था गरिनुपर्ने बताउनुभयो । 

समितिका सभापति भानुभक्त जोशीले थप विज्ञहरुसँग छलफल गरेर मात्रै विधेयकको दफावार छलफल गरिने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button