तपाईँ सुन्दै हुनुहुन्छः

गोतामे पत्रकारिता पुरस्कारबाट प्रतीक सम्मानित

वीरगञ्ज । गोतामे पत्रकारिता पुरस्कारबाट पोखरा, कास्कीका पत्रकार बद्री विनोद प्रतीक सम्मानित हुनुभएको छ ।

वीरगन्जको होटल पूजनमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबिच स्वर्ण पदकसहित दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो ।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान हुँदै आएको गोतामे पत्रकारिता यस वर्ष उहाँलाई प्रदान गरिएको हो ।

वीरगन्जका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हरेक वर्ष फागुन २ गते प्रदान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button