तपाईँ सुन्दै हुनुहुन्छः

‘१० वर्ष मुनिका बालबालिकाको उपचार खर्च प्रदेश सरकारले बेहोर्छ’

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशका १० वर्ष मुनिका सबै बालबालिकाको स्वास्थ्य उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताउनुभएको छ ।

बुधबार उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको दोस्रो प्रदेश महोत्सवको उद्घाटन गर्न गाईघाट पुग्नुभएका मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

महोत्सवको उद्घाटन पश्चात् उदयपुर जिल्ला अस्पतालको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका १० वर्ष मुनिका सबै बालबालिकाको शतप्रतिशत स्वास्थ्य उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button