तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : नेपाल विश्वविद्यालय ऐनमाथि संशोधनकर्ताहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूबिच छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालमा थप विश्वविद्यालयहरू आवश्यक नभएका भन्दै नेपाल विश्वविद्यालयले उद्यमशील जनशक्ति उत्पादन गर्ने गरी विधेयक संशोधन प्रस्तुत गर्नुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीलाकुमारीले नेपालमा प्रगतिशील व्यावसायिक र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने गरी सरकारले सो ऐन ल्याएको जानकारी दिनुभयो ।

समितिका सांसदहरु गगनकुमार थापा, रघुजी पन्त, महेशकुमार बर्ताैैला, डाक्टर चन्द्रकान्त भण्डारी, डाक्टर तोषिमा कार्की लगायतले नेपाल विश्वविद्यालय विधेयकमाथि संशोधन दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button