तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी : मन्त्री गुरुङ

चितवन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउन सके अग्रज नेताहरूको सम्मान हुने बताउनुभएको छ ।

स्व बलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताउनुभयो । स्व पौडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ, चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमान सिंह गुरुङ, कांग्रेस नेता वामदेव खनाल लगायतले स्व पौडेलले देश, लोकतन्त्र र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा परिवारले पौडेलले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालय तनहुँ र अध्यापन गरेको भरतपुर महानगरपालिका–१६ को दुर्गा शेषकान्त माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।

स्व पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका पूर्वमन्त्री हुनुहुन्थ्यो । उहाँको यही माघ १७ गते सडक दुर्घटनामा परी निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button