नेपाली विशेषताको समाजवाद आवश्यक : पूर्व प्रधानमन्त्री खनाल
पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पाटीका सम्मानित नेता झलनाथ खनालले देशलाई आमूल परिवर्तन गर्न नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अबको बाटो नेपाली विशेषताको समाजवाद नै भएको दाबी गर्नुभयो ।
देशमा दलाल पुँजीवाद हाबी हुँदा जनतामा आक्रोश बढेको उहाँको भनाई थियो । दैनिक ३ हजार युवा विदेशिनु निकै दुःखलाग्दो भएको बताउँदै नेता खनालले युद्धमा गएर पनि पैसा कमाउन नेपाली युवाहरू विवश भएको जनाउनुभयो ।
समाजवादले मात्र देशमा रहेको कालोबजारी, तस्करीलाई नियन्त्रण गर्न सक्ने उहाँको भनाई थियो ।
कृषिमा क्रान्ति, औद्योगिकीकरण मार्फत् रोजगार सृजना गरी गरिबी निवारण गर्नुपर्नेमा नेता खनालले जोड दिनुभयो । देशमा आमूल परिवर्तन गर्न सरकार र नेताहरूले कोर्स तथा नीति/कार्यक्रम परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्