तपाईँ सुन्दै हुनुहुन्छः

अमर नेम्वाङ साहित्य पुरस्कारबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत

पाँचथर । अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखक द्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत हुनुभएको छ ।

अम्मर नेम्बाङ लिम्बु स्मृति साहित्य प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा आज पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा बाँस्कोटा र तुम्खेवालाई नगद ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । 

सम्मानित बाँस्कोटाको नियात्रा ‘कञ्चनजङ्घाको काखबाट’ र ‘ढुङ्गाको प्रेम’ कविता सङ्ग्रह प्रकाशित छन् । उहाँ नेपाल पत्रकार महासङ्घको पाँचथर शाखा अध्यक्ष पनि हुनुहुन्छ । 

यस्तै तुम्खेवाको नदी छाल र तरङ्गहरू, स्मरण एउटा बुढो रुखको, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता सङ्ग्रह छन् । उहाँ सञ्चारीका समूहकी अध्यक्ष हुनुहुन्छ । 

प्रतिष्ठानले जिल्लामा आगलागीबाट ज्यान गुमाएका ४ र बाढीपहिरोमा परि ज्यान गुमाएका ६ जनाको परिवारलाई नगद १० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । 

यस्तै फाल्गुनन्द ७ ज्योति मा.वि. का छात्रा प्रेमा लावतीलाई छात्रवृत्ति स्वरूप १० हजार रुपैयाँ प्रदान गरेको छ । 

स्वर्गीय अम्मर नेम्बाङ लिम्बुले दर्जनौँ लेख, कविता, संस्मरण निबन्ध लेख्नुभएको छ । 

नेपाली साहित्यमा ठुलो योगदान गरेका नेम्वाङको २०७५ माघ २६ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button