सुरक्षण मुद्रण सेवा निजी क्षेत्रलाई नदिनेमा सांसदहरु सहमत

काठमाडौँ । नागरिकता, राहदानी, बैङ्क नोट र सवारी चालक अनुमति पत्रलगायतका सरकारी कागजात छपाइ गर्नका लागि निजी क्षेत्रलाई दिन नहुनेमा प्रतिनिधिसभाका सांसदहरु एक भएका छन् ।
सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल गर्न आज सिंहदरबारमा बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले सुरक्षाको हिसाबले राष्ट्रिय महत्व बोकेका कागजपत्र मुद्रणका काम सरकारले उच्च सुरक्षाका साथ गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिमा सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्