नागढुंगा सुरुङमार्ग अझै ३२ मिटर खन्न बाँकी
काठमाडौँ I संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकले नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिको बारेमा छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा नागढुंगा सुरुङमार्ग आयोजनाका सडक विभाग उपसचिव गोविन्द दुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिनुभयो ।
सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्