डडेल्धुरामा निस्सासिएर दुईजनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नं १ मालमकी २६ वर्षीय पुनम दियाल र ६० वर्षीय धौली दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव निरीक्षक कुसुम नायकले बताउनु भयो ।
उहाँहरू निस्सासिएको थाहा भएपछि सोमबार बिहान डडेल्धुरा अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको निरीक्षक नायकले बताउनु भयो । आगो बालेर झयाल ढोका बन्द गरेपछि निस्सासिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक दुवै सासु बुहारी रहेको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्