पार्टीलाई एक बनाउनुपर्छ : नेता निधि
दाङ । नेपाली काङ्ग्रेसका नेता तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले गुटबन्दीलाई रूपान्तरण पार्टीलाई एक बनाउनुपर्ने बताउनुभएको छ ।

दाङको देउखुरीमा आयोजित समुदायमा काङ्ग्रेस अभियानलाई सम्बोधन गर्दै नेता निधिले नेता निधिले पार्टी नै सकिने खतरा रहेकाले काङ्ग्रेसभित्र रहेका हरेक गुट हटाउन जरुरी भएको बताउनुभयो ।
नेता निधिले अहिले हरेक जिल्ला तहका कार्यकर्ताबाटै गुटबन्दी हटाउन खबरदारी गरिएको उल्लेख गर्नुभयो । ‘पार्टी बलियो बताउन सबै तहमा सङ्गठन मजबुत गराउन आवश्यक छ यसै अनुरुप आ-आफ्नो क्षेत्रबाट लाग्नु भयो भने काङ्ग्रेस बलियो हुन्छ’ निधिले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्