फिदिमका विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा सुरु
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका विभिन्न स्थानहरूमा निःशुल्क वाइफाइको व्यवस्था सुरु गरेको छ ।

फिदिम स्थित बि.पि. पार्कमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मित्र प्रसाद काफ्लेले फ्रि वाइफाइ सेवाको उद्घाटन गर्नुभएको हो । फिदिम बजारस्थित गणतन्त्र चोक, गढी मन्दिर, वि.पि. पार्क, जिल्ला अस्पताल भित्रको पार्क, फिदिम मा.वि.को खेल मैदान, लोकतन्त्र चोक, आहाल गैरी र शिवालय मन्दिर परिसरमा फ्रि वाइफाइको सेवा सुरु गरिएको हो ।
ग्रामीण भेग बाट आउने सर्वसाधारणलाई इन्टरनेटसम्बन्धी काम गर्न सहज बनाउन र बजार क्षेत्रमा पर्यटक तथा स्थानीयमा सूचनाको पहुँच बढाउन फ्रि वाइफाइको व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।
३ सय मिटर आसपास सम्म प्रयोग गर्न सकिने वाइफाइ पालिकाको अन्य विशेष ठाउँहरूमा पनि जडान गर्दै लगिने प्राविधिक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्