तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति प्रक्रियाका बाँकी काम सबैको सहमतिमा पास गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउने सन्दर्भमा छलफल भएको बताउनु भयो । अध्यक्ष ओलीले विधेयकलाई राम्रोसँग छिटो टुङ्ग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुङ्ग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’’

अध्यक्ष ओलीले टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button