तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा पहिलो पटक दौरा सुरुवाल कोट सिलाउने प्रतियोगिता हुँदै 

सल्यान । सल्यानमा पहिलो पटक सीप प्रतियोगिता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले पहिलो पटक सीप प्रतियोगिता गर्न थालेको हो  ।

नेपाली मौलिकतासँग जोडिएको दौरा, सुरुवाल, कोट सिलाउने सीपको परीक्षण गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ जिल्लामा नै नेपाली पोशाक राम्रो सिलाउने व्यक्तिहरूलाई प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गरिएको निमित्त कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनु भयो । उहाँले भन्नुभयो ‘जिल्लामा वर्षेनि सीपमूलक तालिम अन्तर्गत सिलाई कटाइका तालिम सञ्चालन भइरहेका छन्  सीप सिक्ने र व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढ्दो छ , उक्त सीप सिकेर कति दक्ष भए भनेर प्रतियोगिता गर्न थालिएको हो । 

सिलाइ कटाइ तालिम लिएका र उत्कृष्ट दौरा, सुरुवाल, कोट सिलाउनेलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । देवकोटाले सीप प्रतियोगितामा सहभागी भई उत्कृष्ट बन्नेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने छ । कार्यालयले यसअघि सीप प्रतियोगितामा भाग लिने इच्छुकको लागि १५ दिने सूचना जारी गरेको थियो । कोही सहभागी नभए पनि दोस्रोपटक माघ ९ गते १५ दिने सूचना जारी गरेको छ । यो बीचमा पनि सीप प्रतियोगितामा भाग लिन कोही नआए कार्यक्रमको बजेट नै फ्रिज हुने कार्यालयले जनाएको छ ।

इच्छुक प्रतिस्पर्धीले साविक घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास कार्यक्रम र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट सिलाइ कटाइ सम्बन्धी तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपिसहित माघ २३ गतेभित्र रु १० को टिकट टाँस गरी कार्यालयमा निवेदन पेश अनुरोध गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button