तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी : अख्तियारमा स्थानीय तहका सय बढी उजुरी 

नवलपरासी पश्चिम् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा पश्चिम् नवलपरासीमा रहेका ७ वटै स्थानीय तहका उजुरी पर्ने गरेका छन् । आर्थिक बर्ष ०८०/८१ मा सात वटै स्थानीय तहका १ सय ५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलले जनाएको छ । जसमा ३७ वटा उजुरी फर्छ्यौट भएका छन् ।

सबै भन्दा बढी उजुरी बर्दघाट नगरपालिकाको रहेको छ भने सबै भन्दा कम उजुरी पर्नेमा सुस्ता गाउँपालिका रहेको छ ।यस आर्थिक बर्ष सुरु भए यता बर्दघाट नगरपालिकाको २९ वटा उजुरी परेको मा ९ वटा उजुरी फर्छ्यौट भएका छन् । सरावल गाउँपालिकाको २७ उजुरी मध्ये ६ उजुरी फर्छ्यौट, पाल्हिनन्दन गाउँपालिकाको  १२ वटा उजुरी मध्ये ५ उजुरी फर्छ्यौट,सुनवल नगरपालिकाको १८ उजुरी मध्ये ९ वटाको फर्छ्यौट, रामग्राम नगरपालिकाको १० वटा उजुरी मध्ये ५ वटाको फर्छ्यौट  भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतापपुर गाउँपालिकाको ७ वटा उजुरी मध्ये २ वटा उजुरी फर्छ्यौट भएको र सुस्ता गाउँपालिकाको २ वटा उजुरी मध्ये एउटा उजुरीको फर्छ्यौट भएको  भण्डारीले जानकारी दिनुभयो । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीले आयोजना गरेको एक बहस कार्यक्रममा सो तथ्याङ्कका बारेमा जानकारी गराइएको हो । विद्यालयमा दिवा खाजा,कर्मचारी भर्ना,उपभोक्ता समिति,कामको गुणस्तर लगायतका प्रकृतिका उजुरीहरू पर्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button