तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूतको शिष्टाचार भेट 

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत गोडर गोल्डबर्गरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राजदूत हनानले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । 

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस भन्ने चाहन्छ भन्नुभयो । 

“शान्तिको पक्षधर मुलुक नेपाल सधैँ मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ ।” उहाँले भन्नुभयो  । उहाँले हालै इजरायलमा भएको हमासको आक्रमणमा परि अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गर्नुभयो । 

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल – इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गर्नुभयो । 

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरू रमाउने चाहना रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमी आएकोमा पुनः यो सङ्ख्या अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button