राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा रौतहटका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रसादलाई आयोगको रिक्त सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै, बैठकले नेपाल वायु सेवा निगमको उपाध्यक्षमा सञ्चालक समितिका सदस्यमा विक्रम राईलाई नियुक्त गन निर्णय गरेको छ ।
त्यसैगरी, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा.साहार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व सहितको राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्