कोरिया पठाउँछु भन्दै रकम असुली गर्नेबाट ३२ लाख फिर्ता

इलाम । इलामबाट मौसमी कामदार कोरिया पठाउन भन्दै रकम असुली गर्ने एसीइ स्किल तालिम सेन्टरबाट स्थानीय युवाको ३२ लाख बढी रकम फिर्ता गराइएको छ ।
दक्षिण कोरियामा मौसमी कामदार पठाउन भनी अवैधानिक रुपमा तालिम सञ्चालन गरी रकम असुली गरेर कामदार पठाउन नसकेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय इलामले सेन्टरबाट स्थानीय युवाको ३२ लाख ३० हजार रुपियाँ फिर्ता गराएको हो ।
इलाममा सञ्चालित एसीइ स्किल तालिम सेन्टरले कामदार कोरिया पठाउने भन्दै तालिमसमेत सञ्चालन गरेको थियो । सेन्टरले तालिम शुल्क भनी स्थानीय युवाबाट मोटो रकम उठाएको थियो ।
रकम सङ्कलन गरेको लामो समयसम्म पनि कामदार पठाउन नसके पछि जिल्ला प्रशासन कार्यालयमा युवाले उजुरी दिएका थिए । उजुरीका आधारमा ३१ जनाको पुरा रकम र थप तीन जनाको आधा रकम तालिम सेन्टरले फिर्ता गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
इलाममा उक्त तालिम सेन्टरले तीन सय हाराहारी युवाबाट रकम सङ्कलन गरेको थियो । सेन्टरले पानी जहाज बनाउने कम्पनीमा कामदार लैजाने भन्दै वेल्डिङ तालिम सञ्चालन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्