तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु ७ घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं ८ को कालागाउँ बस्ने १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् । 

दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट  कालागोरा गाउँ जाँदै गरेको सुप प्र ०१००२ज १५३७ नम्बरको जिप वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको हो । 

जिपमा  चालकसहित ८ जना सवार रहेको र एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट, १७ वर्षीय महेश बिष्ट घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button