तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको समस्या र समाधानका विषयमा छलफल

काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था, समस्या र समाधानका विषयमा छलफल गरेको छ । 

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले राष्ट्रिय निकुञ्जका समस्या समाधानका लागि त्यसको व्यवस्थापन र सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने, अधिकार अहिलेपनि केन्द्रमा मात्र भएकाले ऐन संशोधन गर्नुपर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो । 

सांसदहरुले लालपुर्जा भएको जमिन पनि वनमा परिणत भइसकेको भन्दै सरकारले पुन वन क्षेत्रको पहिचान गर्नुपर्ने, निकुञ्ज क्षेत्रका बासिन्दाले आफ्नै जमिनको ढुङ्गा प्रयोग गरि पर्खाल समेत बनाउन नपाएको भन्दै निकुञ्ज क्षेत्र र स्थानीय बासिन्दाबीच भएको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । 

स्थानीय जनता जागरूक हुँदा निकुञ्ज क्षेत्रको संरक्षण भइरहेको भन्दै विज्ञ उदय शर्माले वन्यजन्तुबाट निकुञ्ज क्षेत्रका बासिन्दालाई हुने क्षतिको दुत मार्ग (फास्ट ट्रयाक) बाट पूर्ति  गरिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button