तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटमा लडेर दुईजनाको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका र शिवपुरी गाउँपालिकामा दुई जनाको लडेर मृत्यु भएको छ ।

गएराति बेलकोटगढी नगरपालिका वडा ८ स्थित चिसापानीको भीरमा लडेको अवस्थामा सोही ठाउँका ५६ को देवीबहादुर कार्की फेला परेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । माघ १२ गतेदेखि हराइरहेका उहाँको खोजी गर्ने क्रममा बाटोदेखि ५० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै शिवपुरी गाउँपालिका वडा नं. ५ मुलाबारी बस्ने वर्ष ३७ को सुमन खड्काको पनि लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  । मुलावारी पहिरोकोबीचमा उहाँको शव फेला परेको हो । दुवै शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाई घटनाको अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button