योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । सांसदहरुले विकास निर्माणका योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी र जबाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी सांसदहरुले पूर्वाधार विकासमा हुने अनियमितता तथा भ्रष्टाचार जस्ता विकृति रोक्न पूर्वाधार सुशासन कायम गर्ने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले समय सीमाभित्र योजना निर्माणका काम सम्पन्न नहुने, पटक पटक समय थप गरिने जस्ता समस्याको समाधानका रुपमा सबैलाई जबाफदेही बनाउँदै परिष्कृत विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो ।
यस्तै, अनुगमन र मूल्याङ्कनको कार्य वैकल्पिक व्यवस्थापनसहित एकै निकायबाट नभई छुट्टाछुट्टै संस्थाबाट गरिनु प्रभावकारी हुनेमा समेत सांसदहरुले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्