तपाईँ सुन्दै हुनुहुन्छः

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

पोखरा । पाहुना टोली भुटानको पारो एफसीलाई पराजित गर्दै थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रङ्गशालामा भएको पहिलो क्वाटर फाइनल खेलमा थ्री स्टारले अतिरिक्त समयको सहायताबाट २—० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा यात्रा बनाएको हो ।

थ्री स्टारका आशिस चापागाईँले दुई गोलको योगदान दिनु भएको हो । ९० मिनेटको निर्धारित समयमा दुबैतर्फ गोलरहित खेल बराबरीमा टुङ्गिएपछि खेल १५/१५ मिनेटको अतिरिक्त समयमा धकेलिएको हो ।

आइतबार दोस्रो क्वाटर फाइनल खेल गत वर्षको विजेता सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबिच हुने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

१२ टिम सहभागी प्रतियोगिता माघ २० गते सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button