ट्रकको ठक्करबाट पैदलयात्री मृत्यु
चितवन । भरतपुर महानगरपालिका वडा नं–२, नारायणगढको लीला चोकमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका वडा नं–७ घर भई हाल भरतपुर–२, लीला चोकमा डेरा गरी बस्ने ३७ वर्षीया रस्मिता रम्तेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुलचोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ५ ख ७५०६ नं. को ट्रकले बुधबार बेलुकी ५ः५५ बजे उनलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते रम्तेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्