तपाईँ सुन्दै हुनुहुन्छः

किशोरी बेचबिखन गर्न खोजेको आरोपमा तिन जना पक्राउ

नवलपरासी,पश्चिम् । प्रहरीले किशोरी बेचबिखन गर्न खोजेको आरोपमा तीन जनलाई नियन्त्रणमा लिएको छ ।पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ को चमनटोला स्थित दशगजा क्षेत्रमा प्रहरी गस्ती टोलिले शङ्का लागि सोधपुछ गर्दा दुई किशोरीलाई मोटरसाइकलमा ल्याई भारतीय युवकलाई जिम्मा लगाउँदै गरेको अवस्थामा एक नेपाली र दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रामग्राम नगरपालिका -२ हाटबजार टोल बस्ने बर्ष २१ का कलिम मियाँले लु १८ प ५२६९ नम्बरको मोटरसाइकलमा हालेर दुई किशोरीलाई भारतीय युवकको जिम्मा लगाइरहेको अवस्थामा मिया र दुई भारतीय युवक सहित तिनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्ने अन्य दुई भारतीय युवकहरू जिल्ला देवरिया थाना बरहजवा ग्राम करजहा बस्ने वर्ष २६ को अरुण मल र जिल्ला महाराजगन्ज थाना कोतवाली ग्राम दुबौली टोला छोटी पकडी नौनिया बस्ने वर्ष २८ को शैलेश बर्मा रहेका छन् ।यी दुवै युवकहरू भारतीय नम्बरको मोटरसाईकलमा दशगजा क्षेत्रमा आएका थिए ।सोधपुछका क्रममा किशोरीहरूलाई ललाईफकाई गरी भारतको गोरखपुर लैजान खोजिएको खुल्न आएकाले उनीहरूलाई तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

तिनै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत बाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button