बहुप्रतिक्षित रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा गर्ने सम्पूर्ण तयारी पुरा

बीरगंज । बहुप्रतिक्षित रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।
सोमबार (भोली) बिहान ८ः०० बजे कलश यात्रा निकाली नगरपरिक्रमा पछि बीरगंजको घडिअर्वा परिसरसँगै रहेको रामजानकी मन्दिरमा आएर समापन हुने कार्यक्रम तय गरिएको बीरगंज महानगरपालिकाले जनाएको छ ।
बीरगंजको ऐतिहासिक घडिअर्वा पोखरीको दक्षिणपट्टि रहेको रामजानकी मन्दिरमा राम, सिता, लक्ष्मणसहित हनुमानको मूर्तिलाई सोमबार भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिनकै अवसर पारेर प्राण प्रतिष्ठा गर्ने तयारी भइरहेको रहेको बीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको बताउनुभयो ।
प्राण प्रतिष्ठा गर्ने कार्यक्रमलाई भव्य बनाउन बीरगंजको बजार क्षेत्रलाई झिलिमिली बत्तीले सजाइएको छ भने रामजानकी मन्दिर क्षेत्रमा रंगरोगन र घडिअर्वा पोखरीको मन्दिर अगाडिको पर्खालमा राम लीलासँग सम्बन्धित चित्रकलाले कोरिएको छ ।
त्यसैगरी, प्राण प्रतिष्ठापछि पूजा, हवन, महाआरतीसहित साँझ ७ः०० बजेपछि प्रसाद वितरणलगायतका कार्यक्रमहरू राखिएको महानगरपालिकाले जनाएको छ ।
कार्यक्रम भव्य बनाउन कोलकताबाट रामलिला प्रदर्शन गर्न भारतीय कलाकारहरू समेत आउने कार्यक्रम रहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्