भन्सार छलेर ल्याएको उँट भन्सार कार्यालयको नियन्त्रणमा

दाङ । लमही महोत्सवमा ल्याइएको उँट भन्सार छली गरेर ल्याइएको खुलेको छ ।
भन्सार छली गरेर ल्याइएको भन्दै सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबास र भन्सार कार्यालय कोइलाबासले संयुक्त रुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासका डिएसपी अर्जुन पौडेलले जानकारी दिनु भयो ।
डिएसपी पौडेलका अनुसार भन्सार छलेर ल्याएको र क्वारेन्टाइन पनि नगराएको पाइएकोले नियन्त्रणमा ल्याइएको हो। नियन्त्रणमा ल्याएको उँटलाई लिलाम प्रक्रियामा जान्छ, लिलाम प्रक्रियामा गएपछि जसले लिएको हो उसैले सकार गरेपछि फेरी उनीहरूले नै लिन पाउँछन् – डिएसपी पौडेलले भन्नु भयो ।
उक्त उँटलाई लमही बजारका व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डिल्लीराज खनालले भन्सार छलेर ल्याएका थिए ।








प्रतिक्रिया राख्नुहोस्