तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेसँगै सुनसरीमा माछा मासुको बिक्री बढ्यो 

सुनसरी  ।  चिसो बढेसँगै सुनसरीका विभिन्न स्थानीय हाट बजारमा माछा मासुको बिक्रीमा वृद्धि भएको छ ।

सुनसरीको विभिन्न हाट बजारमा गर्मी महिनाको तुलनामा जाडोमा बढी माछा मासुको बिक्री बढेको स्थानीय बिक्रेताहरूले बताएका छन् । 

विभिन्न स्थानीय तहमा रहेका माछा मासु बिक्रेताहरूका अनुसार अरू मौसमको तुलनामा मङ्सिरदेखि फागुन पहिलो सातासम्म माछा मासुको बिक्रीमा वृद्धि भएको दुहबीका स्थानीय विक्रेता सत्यनारायण मल्हाले जानकारी दिनुभयो । 

यहाँ माछा मासुको माग बढेपछि माग धान्नको लागि मधेश प्रदेशबाट समेत माछा, खसी, बोका तथा कुखुराको आयात समेत बढेको बताइएको छ । 

बजारमा अहिले खसीको मासु एक हजार रुपैयाँ के.जी., बाख्राको मासु ६ सय रुपैयाँ केजी, कुखुराको ३ सय ८० रुपैयाँ केजी र माछा ३ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्मको प्रतिकेजीमा कारोबार भइरहेको उद्योग वाणिज्य संघ दुहबीका प्यारचन्द्र चौधरीले बताउनुभयो । माछा र मासुको माग बढेसँगै साँझ र बिहान माछा मासु बजारमा उपभोक्ताहरूको बाक्लो भिड देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button