तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति, सुशासन र स्थिरताका लागि गठबन्धनलाई थप मजबुद बनाउनुपर्छ’

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा शान्ति, सुशासन र स्थिरताका लागि गठबन्धनलाई थप मजबुद बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहर भेलाहिस्थित तियर नदीमा निर्मित पक्की पुलको आज उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विकास निर्माणका कार्यमा सबै राजनैतिक दलहरूको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले पर्सादेखि सप्तरीसम्मको करिब ३ सय १२ किलोमिटर सडकलाई “मधेश सहिद राजमार्ग” को रुपमा निर्माण गर्ने कार्यमा प्रदेश सरकार लागि परेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button