चितवन ट्राफिक प्रहरीद्वारा ६ महिनामा १५ करोड २६ लाख राजश्व सङ्कलन
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ६ महिनाको अवधिमा सवा करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक बर्ष ८०, ८१को साउनदेखि पुस महिनामा १५ करोड २६ लाख ९ हजार रुपैंया राजस्व सङ्कलन गरेको हो । सो अवधिमा २१ हजार ६११ वटा सवारी साधन कारबाहीमा परेका थिए ।
सबैभन्दा बढी राजश्व सङ्कलन पुसमा
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कार्यालयले सबैभन्दा बढी राजश्व सङ्कलन पुषमा गरेको छ भने सबैभन्दा कम राजश्व सङ्कलन कात्तिक महिनामा भएको छ । जसअनुसार पुषमा २८ लाख ९८ हजार ५०० रुपैंया र कात्तिकमा २० लाख २५ हजार ५०० सङ्कलन भएको हो ।
कार्यालयका अनुसार साउन महिनामा २४ लाख ३१ हजार ५०० रुपैंया, भदौ महिनामा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार र मङ्सिर महिनामा २६ लाख ६६ हजार ५०० रुपैंया सङ्कलन भएको हो । कार्यालयले सो अवधिको साउन महिनामा ३ हजार ४६१ वटा सवारी साधन, भदौमा ३ हजार ५५३ वटा, असोजमा ४हजार १२९ वटा, कात्तिकमा २ हजार ८४० वटा, मंसिरमा ३हजार ६२९ वटा र पुष महिनामा ४हजार ७ वटा कारबाहीमा परेका थिए ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुबेदीले गत वर्षभन्दा यो चालु आर्थिक वर्षमा कम अनुपातमा राजश्व सङ्कलन भएको बताउनुभयो । “यो वर्षदेखि टीभीआरएस ( ट्राफिक भायोलेन्स रेकर्ड सिष्टम) लागु भएपछि राजश्व सङ्कलन भएको हो”, उहाँले भन्नुभयो, “पहिले चेकिङमा बस्ने ट्राफिकले गल्ती अनुसार न्यूनतमदेखि अधिकतम जरिवाना गर्न सक्थे अहिले पहिलो पटक गल्ती गर्ने चालकलाई न्यूनतम जरिवाना मात्र गरिन्छ ।”
गल्ती र कसुर अनुसार कारबाही गरिने भएकोले राजश्व पनि सोही अनुसार सङ्कलन हुने उहाँको भनाई छ । विगतका वर्षहरूमा बैङ्किङ प्रणालीमा मात्र जरिवाना तिर्नुपर्ने व्यवस्था भएपनि हाल अनलाइन भुक्तानीबाट पनि जरिवाना शुल्क तिर्न सकिने भएकोले थप सहज र पारदर्शिता हुने सुबेदीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्