नेपालमा सडक सुरक्षा सवाल र सरोकारका विषयमा समितिमा छलफल
काठमाडौँ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा सडक सुरक्षा सवाल र सरोकारका विषयमा छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा नेपालमा सबैभन्दा धेरै ६८ प्रतिशत दुई पाङग्रे सवारी साधन दुर्घटना हुने गरेको, विकसित देशमा १ जनाको मृत्यु हुँदा नेपालमा ९ जनाको मृत्यु हुने गरेको, पूर्वाधार कमजोर हुँदा दुर्घटना बढेको, दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६ दशमलव ३ प्रतिशतले क्षति पुगेको स्वतन्त्र अभियान नेपालका सल्लाकार मिलन धरेलले समितिलाई जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरुले नेपालमा सवारी कानुन राजस्व केन्द्रित भएको, संघीय सरकारका मन्त्रालयहरू बीच समन्वय नहुँदा कानुन निर्माणमा कठिनाइ भएको, सबै सडकमा अनिवार्य सङ्केत चिन्ह नराखिएको, निर्माणाधीन सडकमा बत्ती अनिवार्य राख्नुपर्ने लगायतका विषयमा छलफल गर्नुभएको थियो ।
सांसदहरुले सरकारले २५ टनसम्म बोक्न सक्ने सवारी साधान आयात गर्न दिने र २२ टन बोक्दा कारबाही गर्ने प्रवृत्तिलाई बदल्नुपर्ने लगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्