तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुरस्थित अविनाश फटिलाईजर (मल उत्पादन गर्ने स्थान) भित्र ग्याँस लिक भएर आगो लाग्दा एकजना कर्मचारीको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–१५ स्थित डेरी चोकमा रहेको उक्त मल कारखानामा सोमबार ग्याँस लिक भएर आगो लाग्दा ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो ।

आगो लागेर जल्दा उनको कारखानाभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button