विराटनगरमा आमा सेमिनार हुँदै
विराटनगर । आफूलाई जन्म दिने माता पिताको महत्व महिमा बोध गराउने उद्देश्यले मानव सेवा आश्रमले मानवता प्रवर्द्धनको महान् अभियान अन्तर्गत आमा सेमिनार गर्ने भएको छ ।

विराटनगर–८ हाटखोला स्थित आरोहण गुरुकुलको हलमा भोली दिउसो आश्रमले आमा सम्मेलन गर्न लागेको हो ।
दुई बजेदेखि चार बजेसम्म आयोजना हुने आमा सम्मेलनमा मोरङ लगायत विभिन्न जिल्लाका चार सय बढीको सहभागिता रहने छ ।

मानवता, राष्ट्रियता, परोपकार तथा प्रेम सद्भाव तथा करुणालाई जन–जनमा मनमनमा पुर्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको आश्रमका कोषाध्यक्ष होमनाथ तिम्सिनाले बताउनुभयो ।
सेमिनारमा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण प्रदान गर्नुहुने छ । १४ वर्ष मुनिका बालबालिकालाई सेमिनारमा सहभागी हुन नपाउने जनाइएको छ ।
२०८२ साल सम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने परिकल्पना आश्रमको रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्