तपाईँ सुन्दै हुनुहुन्छः

तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम, रेडियो नेपाल र पालिकाबिच कार्यक्रम प्रसारण सम्झौता

विराटनगर । विराटनगर स्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम रेडियो नेपाल र सुनसरीको दुहबी नगरपालिका तथा हरिनगर गाउँपालिकाको कार्यालयबिच कार्यक्रम प्रसारण गर्ने विषयमा सम्झौता भएको छ ।

दुवै पालिकाको गतिविधि तथा पालिकाले गर्दै आएका विभिन्न कार्यक्रम उत्पादन एवं प्रसारण गर्ने उद्देश्यले पालिका र सञ्चार ग्रामबिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा संंचारग्रामका प्रमुख बलराम चौधरी, कार्यक्रम प्रमुख भूदेव नारायण भगत तथा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, लेखा अधिकृत दिपेन्द्र चौधरी तथा हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले हस्ताक्षर गर्नुभयो ।

दुवै गाउँपालिकाका गतिविधिलाई साप्ताहिक रुपमा माघको पहिलो हप्तादेखि आइतबार र शुक्रबार कार्यक्रम मार्फत् प्रसारण गर्ने सम्झौता भएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा पालिकाका जनचेतनामूलक गतिविधि समेटिने कार्यक्रम प्रमुख भगतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button