बचतकर्ताकाे १ अर्बभन्दा बढी रकम हिनामिना गर्ने सहकारीमा शिलबन्दी

वीरगञ्ज । बचतकर्ताहरूको १ अर्बभन्दा बढी रकम हिनामिना गरी सञ्चालक फरार भएपछि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज वीरगञ्ज महानगरपालिकाले शिलबन्दी गरेको छ ।
वीरगञ्ज महानगरपालिका सहकारी शाखाका प्रमुख सुनिल कुमार कर्णको नेतृत्वमा गएको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ मा रहेको उक्त कार्यालयमा शिलबन्दी गरेको हो ।

बीरगंज महानगरपालिका वडा न ६ का अध्यक्ष जयप्रकाश शाह, जिल्ला प्रशासन कार्यालयका ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक राम ईश्वर महतोको रोहवरमा सहकारीको कार्यालयमा शिलबन्दी गरिएको प्रमुख कर्णले बताउनुभयो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको १ अर्बभन्दा बढी रकम फिर्ता नगरी सञ्चालक फरार रहेपछि महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको र कानुन अनुसार आज सहकारीको कार्यालयमा शिलबन्दी गरिएको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्