तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी  । सुनसरीको वराहक्षेत्र नगरपालिका –५ सिमरवनामा जङ्गली हात्तीको आक्रमणबाट ६९ वर्षीय भिमबहादुर बिष्टको मृत्यु भएको छ ।

बिहीबार बिहान जङ्गलबाट घाँस लिएर घर फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणबाट सिमरवना टोलका बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

घटनास्थलमै पुगेर नगर प्रमुख रमेश कार्कीको रोवरमा स्थानीय जनप्रतिनिधि, प्रहरी, वन कार्यालयका अधिकारीहरूको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिष्टको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button