शिक्षा विधेयकमाथि संसदीय समितिमा सुझाव लिने क्रम जारी

काठमाडौँ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पनि शिक्षासँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग शिक्षा विधेयक २०८० माथि सुझाव लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घ, बहिरा शिक्षक संघ, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाललगायतका संस्थाका प्रतिनिधिले सरकारले ५२ वर्षपछि ल्याउन लागेको शिक्षा विधेयकमा निःशुल्क शिक्षाको सुनिश्चित गरिनुपर्ने र सामुदायिक विद्यालयको सुधार र गुणस्तर वृद्धि गरिनुपर्ने लगायतका सुझाव दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्