तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबारदेखि बाह्रौँ पोखरा महोत्सव सुरु हुने

पोखरा । पोखराको यूनाइटेड क्लबको आयोजनामा आउँदो बिहीबार (पुष २६ गते) देखि बाह्रौँ संस्करणको पोखरा महोत्सव २०८० हुने भएको छ ।

माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको मङ्गलवार महोत्सव स्थल अम्मरसिंहचौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन वेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले बताउनुभयो ।

बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख ५० हजार दर्शक आउने अनुमान आयोजकको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button