गण्डकी प्रदेश स्तरीय एथलेटिक्स संघ गठन
कास्की । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन हुनुभएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आह्वानमा मङ्गलवार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघका उपाध्यक्षहरूमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन हुनुभएको छ भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणि थापा चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुँवर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र विजय खनाल (तनहुँ) रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरू आवश्यक रहने कुरा औँल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिनु भयो ।
भेलाले केन्द्रिय प्रतिनिधिमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्