१६ औँ पञ्चवर्षीय योजनाले कृषि उत्पादन र रोजगारलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले सुझाव
काठमाडौँ । १६ औँ पञ्चवर्षीय योजनाले कृषि उत्पादन र रोजगारलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले सुझाव दिनुभएको छ ।
राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा सोह्रौँ योजनाको सम्बन्धमा भएको छलफलमा सांसदहरुले युवा पलायन, र खेतीयोग्य जमिन बाँझो रहने समस्याहरूको योजना दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले विकासका सम्भावना, चुनौती पहिचान गरी समाधानका आधार मार्फत पर्यटन, उद्योगधन्दालाई विस्तार र विकसित गर्नुपर्ने बताउनुभयो ।
यस्तै आमजनताको जीवनशैलीमा रूपान्तरण ल्याउने किसिमका योजनाहरूलाई प्राथमिकिकरण गर्नुपर्ने सांसदहरुले सुझाव राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्